Results 1 to 1 of 1
  1. #1
    Banned www.desirulez.net
    Join Date
    Sep 2011
    Posts
    5,182

    Default प्रचण्ड पाँच दिने भ्रमणमा आज बेल्जियम जाँ

    Follow us on Social Media






    काठमाण्डौं,असोज २५ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिनको भ्रमणका लागि आज बेल्जियम जाँदै हुनुहुन्छ । विपक्षी दलहरुको आग्रहलाई बेवास्ता गर्दै पार्टी कामको सिलसिलामा प्रचण्ड
    बेल्जियम जान लाग्नु भएको हो ।
    प्रचण्ड आजै राती ९ः२० बजे बेल्जियम प्रस्थान गर्ने भ्रमण टोलीका सदस्य तथा माओवादी अन्तराष्ट्रिय ब्यूरो सदस्य युवराज चौलागाइले जानकारी दिनुभयो । प्रचण्ड, असोज २७ र २८ गते बेल्जियमको ब्रसेल्समा हुने नेपाली जनप्रगतिशिल मञ्चको कार्यक्रममा सहभागी हुनुहुनेछ ।
    उहाले, असोज २९ नेपाली संस्थाहरुको विभिन्न कार्यक्रममा भाग लिनुहुनेछ । यस्तै, ३० गते हुने युरोपेली मिसन डेभलप्मेन्टको कार्यक्रम र लेभेश विश्वविद्यालयमा हुने पोलिटिकल फाउण्डेशन नेपालको कार्यक्रममा पनि प्रचण्ड सहभागी हुनुहुनेछ ।
    प्रचण्डले युरोपेली आयोग र संसदलाई पनि संबोधन गर्ने चौलागाइले जानकारी दिनुभयो । प्रचण्ड, छिटोमा कार्तिक एक गते नेपाल फर्किन सक्ने बताइएको छ । प्रचण्डका साथमा उहाँका नीजि सहयोगी शिब खकुरेल, अन्तराष्ट्रीय ब्युरो सदस्य चौलागाइ र विदेश विभाग प्रमुख राम कार्की सहभागी हुनुहुनेछ । कार्की भने यसअघि नै बेल्जियम गइसक्नुभएको छ । यस्तै, एकीकृत माओवादीका नेता कृष्णबहादुर महरा पनि पार्टी कामको सिलसिलामा आजै दिउसो एक बजे दुबई जानुहुने भएको छ ।

 

 

Posting Permissions

  • You may not post new threads
  • You may not post replies
  • You may not post attachments
  • You may not edit your posts
  •