Results 1 to 1 of 1
  1. #1
    dR Wrestlers www.desirulez.net
    Join Date
    Jul 2010
    Location
    nepal
    Posts
    194

    T

    Default सत्ते म खुशी छु

    Follow us on Social Media







    " दाई ! एक रुपैयाँ दिनुस् न "
    तिमीले दुई हात थाप्यौ
    मैले आफ्नो खल्ती छामे ,
    खल्तीसँगै आफुपनी रित्तो भएको -पाएँ
    सत्ते म दुखी छु , तिमीलाई एक रुपैयाँ दिन न सकेकोमा

    "दाई! एक टुक्रा रोटी दिनुस् न"
    तिमीले अन्नको त्यान्द्रो माग्यौ
    मैले आफ्नो पेट छामे ,
    आफु पनि धेरै दिन देखी भोको भएको पाएँ
    सत्ते म दुखी छु तिमीलाई केही खुवाउन न सकेकोमा


    "दाई ! मलाई शाहरा दिनुस् न"
    तिमीले मेरो साथ माग्यौ
    मैले आफ्नो वरिपरी हेरे ,
    मान्छेहरुको भिडमा आफुलाई एक्लो पाए
    सत्ते म खुशी छु , तिमीलाई आफ्नो नजिक पाएकोमा
    सत्ते म खुशी छु,सत्ते म खुशी छु,सत्ते म खुशी छु

 

 

Posting Permissions

  • You may not post new threads
  • You may not post replies
  • You may not post attachments
  • You may not edit your posts
  •