Results 1 to 1 of 1
  1. #1
    dR Wrestlers www.desirulez.net
    Join Date
    Jul 2010
    Location
    nepal
    Posts
    194

    T

    Default महाकवि लक्ष्मीप्रसाद देवकोटाको

    Follow us on Social Media







    दीपक जडित
    बनाई बाटो चिनाएँ माटो भूस्वर्ग त्यो धराको ।
    कलकल नदी संगीत सरी स्वर सुरिलो चराको ।।
    सुनाएँ खोली आत्माको झ्याल निनाद ह्रदयको ।
    देखाएँ झेली गरीबी हाल अभाव भएको ।।
    बुझाउनुथ्यो कष्टमा पनि हाँस्न सक्छौं कसरी ।
    रुझिरहँदा झरीमा पनि फूल्छ फूल जसरी ।।
    मरेर अर्कै लोकमा पुग्दा पनि म त्यै नेपाली ।
    जो छुन्छ तराई-पहाड-हिमाल पुग्दछ मेचिकाली ।।

    यतिका पछि वायुमण्डलमा घुमिघुमि यो कवि ।
    हेर्दैछ उसको प्यारो नेपालमा उदाएनछन् रवि ।।
    शरीरैभरी घाउ लगाई आमालाई लुछेर ।
    कुरुपै पारी रुवायौ आमाको आँशु नपुछेर ।।
    मैले देखेको ठूलो नेपालमा के भेटेनौ ए मदन् ?
    काटेर मुग्लान् नाघेर भोट कहाँ पुग्यौ खोज्दै धन् ??
    सबैले पढ्दा त्यो बोली मेरो मदन भै बोलेको ।
    अशान्त मुटु भाको थ्यो शान्त यो छातिमा पोलेको ।।
    ब्यवहार तर चिताए जति देखिनँ फेरिएको ।
    ए, बन्धु तिम्रो ह्रदय कस्तो छ केले बेरिएको ??
    मेटाई आथेँ ती रेखा तप्का मैले यी नै हातले ।
    अझै नि तलै रहेका कठै ! नेपाली नै जातले ।।
    ******
    नेपाल देश नेपाली भाषाको यही आशक्तिले ।
    लत्याई दैलो स्वर्गको पनि नेपालीकै भक्तिले ।।
    हेलिँदै नभमण्डलभरी यै नेपाल भूमि माथि ।
    उज्यालो दिव्य ज्योति दिएर अझै हामीलाई साथी ।।
    भन्दैछन् आज त्यो देवलोकमा मान्छे भएछन् छोटा ।
    झार्दैछन् आँशु पीडाले तप्प आकाशमा देवकोटा ।।
    **********

 

 

Posting Permissions

  • You may not post new threads
  • You may not post replies
  • You may not post attachments
  • You may not edit your posts
  •